Skip to content

राजस्व अनुसन्धान कार्यालय पथलैयामा राजस्व चुहावटका ८ मुद्दा दर्ता, ६८ करोड ७३ लाख माग दाबी

nabil bank

पर्सा । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावटका घटना बढेका बताएको छ । कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटामुद्दा दर्ता गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा ५४ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एउटा मुद्दा दर्ता गरेको थियो । उक्त कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आवको छ महिनाको तुलनामा चालु आवकोसोही अवधिमा राजस्व चुहावटसम्बन्धी मागदाबी रकम र मुद्दा संख्या उल्लेखनीय रुपमा वृद्धि भएको बताए ।

कार्यालयले चालु आवको छ महिनामा चुहावट धरौटी रकम दुई करोड ९८ लाख संकलन गरेको छ । गत आवको सोहीअवधिमा एक करोड ५२ लाख धरौटी राज्य कोषमा दाखिला भएको थियो । साथै गत आवको छ महिनाको तुलनामाचालु आवको सोही अवधिमा भिसिटीएस जरिवाना रकम पनि १२ लाख ४३ हजार बढी संकलन भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime