Skip to content

रेकर्ड नजिक सुनको मूल्य, बिहीबार तोलामा १६ सयले बढ्यो

nabil bank

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन २ हजार २०० रुपैयाँले बढेको सुनको मूल्य आज पनि १ हजार ६०० रुपैयाँले बढेको हो ।

पछिल्ला केही दिनहरुमा सुनको मूल्य बढ्दै गइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा काराबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime