Skip to content

उपत्यकामा तीन वर्षमा बैंकिङ कसुरका २० हजार बढी अपराध

nabil bank

काठमाडौं । पछिल्लो तीन आर्थिक वर्षमा काठमाडौं उपत्यकामा २० हजार भन्दा बढी बैंकिङ कसुरका अपराध भएका भएको देखिएको छ । काठमाडौं उपत्यकामा तीन आर्थिक वर्षमा २० हजार १२२ वटा बैंकिङ कसुरसँग सम्बन्धित अपराधका घटना भएको देखिएको हो ।
काठमाठौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९ देखि चालु आर्थिक वर्षको माघ महिनासम्ममा उक्त घटना घटेका हुन् । काठमाठौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंकिङ कसुरसम्बन्धी ८ हजार २५१, आर्थिक वर्ष ०८०/८१ मा ७ हजार ६२१ र चालू आर्थिक वर्ष २०८१/८२ को माघ तेस्रो सातासम्म ४ हजार २५० वटा बैंकिङ कसुरका अपराध प्रहरीमा दर्ता भएका छन् ।

काठमाडौं संघीय राजधानी भएको कारण बढ्दो जनसंख्याले गर्दा बैंकिङ कसुरको साथै अन्य अपराध बढ्दै गएको छ । अपराध अनुसार प्रहरीसँग जनशक्ति अभाव तथा सीमित स्रोत र साधनको कारण अपराध नियन्त्रण गर्न चुनौतीहरू बढ्दै गएको छ । बैंकिङ कसुरको अपराध बढेको कारण त्यसको अनुसन्धान गर्न फाइल, कागजात र पेनलगायतका स्टेसनरी सामान खरिद गर्नका लागि नै प्रहरीलाई पैसाको अभाव हुनेगरेको छ ।

‘बैंकिङ कसुरको अपराधको अनुसन्धानको लागि तीन वर्षमा एउटा कोठाभरको स्टेसनरी सामान खरिद गर्नुपरेको छ’, काठमाठौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले भने, ‘बैंकिङ कसुरको अपराधमा प्रहरीले अनुसन्धान मात्र नभई स्वास्थ्य परीक्षण पनि गर्नुपरेको छ । त्यसको लागि बजेट जुटाउनै समस्या छ ।’

तीन आर्थिक वर्षमध्ये आव २०७९/०८० मा सामाजिक अपराधका ३ हजार ४४४, आव ०८१/०८२ मा ३ हजार ५१० र चालु आवको माघ तेस्रो सातासम्म १ हजार ४३१ वटा सामाजिक अपराधका घटना भएका छन् । त्यस्तै, संगठित अपराधको घटनाले पनि क्रमशः बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रहरीका अनुसार संगठित अपराधका घटना सबैभन्दा बढी अर्थात् १७ सय ९६ वटा अघिल्लो आव २०८०÷०८१ मा घटना भएको छ भने चालु आवको माघ तेस्रो सातासम्म ९९५ र आव २०७९/०८० मा १ हजार २२१ वटा सामाजिक अपराधका घटना भएको छ ।
अपराधका घटनामा दैनिक वृद्धि भए पनि प्रहरी जनशक्ति उपत्यकामा कम भएको कारण समयमै अनुसन्धान सक्न समस्या हुनेगरेको छ । प्रहरीका अनुसार उपत्यकाको ३० लाख २५ हजार ३८६ जनसंख्याको लागि १० हजार ६०९ जना मात्र प्रहरी जनशक्ति छ । उक्त प्रहरी संख्याले के देखाएको छ भने १ जना प्रहरीले २८५ जना नागरिकको सुरक्षा प्रदान गर्नुपर्छ ।

अपराध नियन्त्रणका लागि प्रहरीले काठमाडौं उपत्यकामा गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको प्रोफाइललाई पुनरावलोकन गर्ने कार्य प्रहरीले जानकारी राखेको छ । त्यस्तौ, विचौलियाहरूलाई कानुनी दायरमा ल्याउने कार्ययोजना तयार गर्ने कार्य प्रहरीले गरिरहेको छ भने विचौलियाहरूलार्य कानुनी दायरमा ल्याउन कार्ययोजना तयार गर्ने काम भइरहेको छ । त्यस्तै अनलाइन ठगी तथा साइबार अपराधबाट जोगिन जनचेतनामूलक कार्यक्रम सञ्चालनका साथै प्रभावकारी अनुसन्धानमा जोड दिइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime