Skip to content

नेपाली जनसम्पर्क समितिको आयोजनामा बार्सिलोनामा भाषा कक्षा सुरू

nabil bank

स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनले हाल स्पेनको दोस्रो ठुलो शहर बार्सिलोनामा भाषा कक्षा सुरु गरेको छ । समितिले नव आगन्तुक नेपालीहरूको संख्यो बढ्दै गएको अवस्थालाईमध्य नजर गर्दै ४० घण्टाको आधारभुत स्पेनीस भाषाको कक्षा संचालन गरेको हो ।

नव आगन्तुक नेपालीहरूलाई भाषाकै कारणले निकै समस्या परेका कारणले उक्त कक्षा संचालन गरेको जनसम्पर्क समिति स्पेनका सभापति सन्तोष श्रेष्ठले बताए । उनले भाषाका कारणले नै नेपालीहरूले काम खोज्न सकेका छैनन् । भाषा कक्षा बिहिबारदेखि बार्सिलोनामास्थित गैर आवासीय नेपाली संघको कार्यालयमा एक कार्यक्रमकाबीच सुरू भएको छ । करिब एक सय जनाको हाराहरीमा नेपालीले भाषा कक्षका लागि नाम दर्ता गरेका छन् ।

कक्षा भौतिक उपस्थितिमा र अनलाइनमार्फत हुनेछ । भौतिक रूपमा साताको चार दिन तथा अनलाइनमा साताको दुई दिन हुने छ । भौतिक कक्षा लिनेको संख्या उल्लेख्य रहेकोले दुई समुहमा विभाजन गरेर सोमबार देखि विहिबारसम्म दैनिक दुई घण्टाको कक्षा संचालन हुनेछ । त्यस्तै हप्ताको मंगलबार र बिहिबार दैनिक दुई घण्टा अनलाईन कक्षा संचालन हुनेछ । भौतिक रूपमा हुने कक्षाको शिक्षक स्पेनमा लामो समयदेखि बस्दै आएकी संगिता श्रेष्ठले तथा अनलाईन कक्षा रामकृष्ण पुडासैनीले संचालन गर्नेछन् । पुडासैनी स्पेनिश भाषा सजिलै र चाँडै सिक्न सकिने पुस्तक, एल एस्पान्योलका लेखक पनि हुन् ।

कार्यक्रममा जनसम्पर्क समिति स्पेनका निवर्तमान अध्यक्ष इन्द्र शर्मा, महामन्त्री विनय अधिकारी, उपसभापति शिव उपाध्याय लगायतको उपस्थिति रहेको थियो । निकट भविश्यमा शिप मुलक तालिम पनि सुरू हुने । बारिस्टा, कफि म्यानेजर, वेटर, क्यासियर लगायतका तालिम भषा कक्षा पश्चात सुरू हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime