Skip to content
Prabhu

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आफ्ना सेधरधनीहरुका लागि वितरण गर्ने लाभांशदर घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ७.८९४७ प्रतिशतल लाभांश दिने घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । माघ २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal