काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्ला दिनहरुमा उच्च दरमा बढेको सुनको मूल्य आज सामान्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले सस्तो भएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
सुन घटेको दिन चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्