काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा फाइनान्स कम्पनीहरुको खराब कर्जा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मा फाइनान्स कम्पनीहरुको खराब कर्जा बढ्दै गएको हो ।
तथ्यांक अनुसार फाइनान्स कम्पनीको खराब कर्जा ११ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । फाइनान्स कम्पनीहरुको खराब कर्जा ११ अर्ब ५ करोड ३० लाख रुपैयाँ पुगेको छ । यो फाइनान्स कम्पनीले प्रवाह गरेको कर्जाको १०.८४ प्रतिशत हो । यो अवधिसम्ममा फाइनान्स कम्पनीहरुले १ खर्ब ३४ अर्ब २६ करोड भन्दा बढी निक्षेप संकलन गरेका छन् र १ खर्ब १ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
तथ्यांक अनुसार फाइनान्स कम्पनीहरुले गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ बढी निक्षेप संकलन गरेका छन् । गत आवको पुस मसान्तसम्मा १ खर्ब १६ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेरे ९३ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत आवको पुस मसान्तसम्ममा फाइनान्स कम्पनीहरुको खराब कर्जा औषतमा ८.३७ प्रतिशत रहेको थियो । गत आवको पुस मसान्तसम्ममा फाइनान्सहरुको खराब कर्जा ७ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्ममा सबै भन्दा धेरै खराब कर्जा भएको फाइनान्समा जानकी फाइनान्स हरेको छ । यो कम्पनीको खराब कर्जा ४०.८० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको खराब कर्जा १९.९९ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा धेरै खराब कर्जा हुने फाइनान्समा पोखरा फाइनान्स हरको छ । यसको खराब कर्जा ३३.४४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने यो फाइनान्सको खराब कर्जा ४.७६ प्रतिशत रहेको थियो ।
त्यो पुस मसान्तसम्ममा समृद्धि फाइनान्सको खराब कर्जा १९.३४ प्रतिशत पुगेको छ । जुन गत आवको सोही अवधिमा ४.६८ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको तथ्यांक अनुसार यो अवधिमा रिलायन्स फाइनान्सको खराब कर्जा १४.३१ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यो कम्प्नीको खराब कर्जा अनुपात ४.९५ प्रतिशत रहेको थियो । त्यस्तै यो अवधिसम्मा सेन्ट्रल फाइनान्सको ११.०४ प्रतिशत, नेपाल फाइनान्सको १०.४६ प्रीतशत, गुहेश्वरी मर्चेन्ट फाइनान्सको ८.१८ प्रतिशत, प्रोगेसिभ फाइनान्सको ७.५७ प्रतिशत र गुडविल फाइनान्सको ६.६६ प्रतिशत पुगेको छ ।
त्यस्तै मल्टीपर्पस फाइनान्सको खराब कर्जा ५.४५ प्रतिशत, गोर्खाज फाइनान्सको ३.०६ प्रतिशत, मञ्जुश्री फाइनान्सको ३.६८ प्रतिशत, आईसीएफसी फाइनान्सको ३.०७ प्रीतशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.७१ प्रतिशत र बेष्ट फाइनान्सको ३.८६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्