काठमाडौं । इम्पेरेमेन्ट चार्ज बढेसँगै नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक बन्न पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार इम्पेरमेन्ट चार्ज २४६.४७ प्रतिशतले बढ्दा ६ महिनाको अवधिमा ६ करोड २७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरोको हो ।
कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ४८ लाख रुपैयाँले धनात्मक रहेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६१.३४ प्रतिशत बढेको छ । लघुवित्तको खुद फि तथा कमिशन आम्दानी समीक्षा अवधिमा ३८.९९ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ९६.७६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ करोड ५७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ करोड २४ लाख रुपैयाँ पुगेको छ ।जसका कारण लघुवित्त नोक्सनीमा पुगेको हो ।
पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १९ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, लघुवित्तको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९७ पैसा ऋणात्मक र वितरणयोग्य प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४० पैसा ऋणात्मक रहेको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २४ पैसा रहेको छ ।
१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब १७ करोड ७४ लाख रुपैयाँ सञ्चित छ । दोस्रो त्रैमाससम्ममा लघुवित्तले १७ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २० अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्