काठमाडौं । नेपाल बीमक संघले अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदबार क्षेत्री चयन भएका छन् । उनको नेतृत्वमा संघको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आवेदन माग गरेको अन्तिम समयसम्ममा सबै पद १–१ जनाको मात्र दाबेदारी परेपछि सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन भएको हो ।
नव निर्वाचित अध्यक्ष क्षेत्री, निवर्तमान कार्य समितिको उपाध्यक्ष हुन् । आज शुक्रबार साँझ होटल र्याडिशनमा हुने २२ औं र २३ औं वार्षिक साधारण सभाले नवनिर्वाचित कार्य समितिको घोषणा गर्ने छ । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा नेको इन्स्योरेन्सका अशोक कुमार खड्का, महासचिवमा एनएलजी इन्स्योरेन्सका सुनिल बल्लभ पन्त, कोषाध्यक्षमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका युगेश भक्त बादे श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा क्रमशः प्रभू इन्स्योरेन्सका सञ्चित बज्राचार्य, ओरिएन्टल इन्स्योरेन्सका टोटोन चक्रवर्ती र हिमालयन एभरेष्ट इन्स्योरेन्सकी अञ्जु श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्