Skip to content
Prabhu

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो शाखा प्रबन्धक

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शाखा प्रबन्धक पदका लागि केही संख्यामा आवेदन माग गरेको छ । बैंकले बाँकेको कोहलपुर, सुर्खेतको यरी चोक र दाङको लमही तथा भालुवाङमा शाखा कार्यालयका लागि शाखा प्रबन्धक (अफिसर लेभल) को लागि आवेदन माग गरेको हो ।

बैंकले स्नातक तह उत्तीर्ण (स्नातकोत्तरलाई प्राथमिकता) गरेका तथा कम्तीमा पाँच वर्षको बैंकिङ अनुभव भएको र तीन वर्ष शाखा व्यवस्थापनमा अनुभव प्राप्त व्यक्तिहरूले आवेदन दिन सक्ने उल्लेख गरेको छ । उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म ४० वर्षभन्दा कम हुनुपर्नेछ । इच्छुक व्यक्तिहरूले बैंकको आधिकारिक वेबसाइट मार्फत् आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति फागुन ९ गते तोकिएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal