काठमाडौं । नेपाल बीमक संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । निर्जीव बीमा कम्पनीका सीईओहरुको संस्थाको २२ औं तथा २३औं साधारणसभा आज सम्पन्न भएको हो ।
सभाले दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । त्यस्तै सभाले नयाँ नेतृत्व चयन गरेर नयाँ नेतृत्वको शपथ ग्रहण समेत सम्पन्न भएको छ । नयाँ नेतृत्वलाई निर्वाचन अधिकृत आनन्द बाबू खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।
संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिरेन्द्र बैदवार क्षेत्री चयन भएका छन् । त्यस्तै संघको उपाध्यक्षमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र महासचिवमा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त निर्वाचित भएका छन् । कोषाध्यक्षमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ चयन भएका छन् ।
नयाँ कार्यसमितिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ सदस्य पदमा निर्वाचित भएकी छिन् । अन्य सदस्यमा द ओरिएन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्