काठमाडौं । भारतको राजधानी दिल्लीमा २७ वर्षपछि फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने देखिएको छ । भारतको निर्वाचन आयोगका अनुसार विधानसभा चुनावमा उत्कृष्ट नतिजाका साथ भाजपाले कमब्याक गरेको हो ।
दिल्ली विधानसभामा ७० सिटको लागि चुनाव भएको हो । जसमा सरकार बनाउनका लागि बहुमत अर्थात् ३६ सिट आवश्यक पर्छ । भारतीय चुनाव आयोगका अनुसार भाजपाले २५ सिट जितिसकेको छ भने अरु २३ सिटमा अग्रता बनाइराखेको छ । हाल सत्तामा रहेको आम आद्मी पार्टी (आप)ले अहिलेसम्म ९ सिट मात्र जितेको छ । उसले मतगणना भइरहेका १३ स्थानमा अग्रता कायम गरेको छ ।
कांग्रेसले एक सिट पनि जितेको छैन । आपका राष्ट्रिय संयोजक एवं पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल स्वयम् पराजित भएका छन् । नयाँदिल्लीबाट उठेका केजरीवाल भाजपाका प्रवेश वर्मासँग ४ हजार ८९ मतान्तरले पराजित भएका हुन् । उनले पार्टीको हार स्विकार गर्दै भाजपालाई बधाई दिएका छन् ।






प्रतिक्रिया दिनुहोस्