Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफको नाफा १८ करोड माथि, इपीएस कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा १८ करोड भन्दा माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १८ करोड २५ लाख पुगेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मा कम्पनीले गत आवको सोही अवधिको भन्दा ३.४९ प्रतिशतले नाफा बढाएको छ । गत आवमा कम्पनीको यस्तो नाफा १७ करोड ६४ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीसँगै खुद बीमाशुल्क आर्जन वृद्धि भएकाले नाफा समेत बढेको हो ।

global
अर्घाखाँची सिमेन्ट

कम्पनीको कुल आम्दानी गत आवमा २ अर्ब ६० करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बीमाशूल्क आर्जन गत आवमा १ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी कम्पनीको जीवन बीमाकोष गत आवको पुस मसान्तसम्म ८ अर्ब १८ करोड रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा बढेर ११ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६८ करोड ९८ लाख रुपैयाँ र महाविपत्ति कोषमा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ६४ पैसा रहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal