Skip to content
Prabhu

आजदेखि दोस्रो बजारमा कारोबार हुन लागेको गार्डियन माइक्रोको नाफासँग इपीएस पनि वृद्धि

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यो कम्पनीको सेयर मूल्य आज (आइतबार) देखि दोस्रो बजारमा कारोबार पनि हुदैछ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार दुख नाफा १ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको यस्तो नाफा गत आवको सोही अवधिमा जम्मा ३ लाख रुपैयाँ मात्रै थियो । त्यसैगरी चालु आवमा कम्पनीले कुल आम्दानी र खुद बीमाशुल्क आर्जनमा पनि रफ्तार लिएको छ । गत आवमा २ करोड ९६ लाख रुपैयाँ कुल आम्दानी गरेकोमा चालु आवको ६ महिनाको अवधिमा बढेर १५ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै गत आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५३ लाख रुपैयाँमात्रै रहेकोमा चालू आवमा बढेर ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको जीवन बीमाकोष ३८ लाख रुपैयाँमात्रै रहेकोमा चालु आवमा बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले रिटेन्ड अर्निङमा ७७ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ लाख रुपैयाँ सञ्चित गरेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) समेत वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी १२ पैसा मात्रै रहेकोमा चालु आवमा बढेर ४ रुपैयाँ ४१ पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal