चौधरी ग्रुपले तीनवर्षदेखि युरोपको ब्राण्ड बेकोको नेपालमा अधिकारिक बिक्रेताको रुपमा काम गरिरहेको छ । युरोपमा चर्चित रहेको बेको ब्राण्डको नेपालमा रणनीतिको विषयमा सिजी इलेक्ट्रोनिक्सका बरिष्ठ म्यानेजर भरतप्रसाद साहसँग लगानीन्यूजले गरेको कुराकानी
बेको कस्तो ब्रान्ड हो ?
बेको ब्रान्ड स्थापन भएको १९५५ मा हो । लगभव ७० वर्षको इतिहास छ । टर्किबाट सुरु भएको हो । यो युरोपको नम्बर एक ब्रान्ड पनि हो । बेको ब्रान्डले विश्वभर १३० भन्दा बढी देशमा सेवा दिइरहेको छ । त्यसमध्ये नेपाल पनि एक हो । नेपालमा चौधरी ग्रुपले बेको ब्रान्डको अधिकार लिएको तीन वर्ष जति हुन लाग्यो ।
यो पहिलेदेखि नै नेपालमा थियो । अहिले चौधरी ग्रुपले लिएपछि बिजनेसमा के–के परिवर्तन भयो त ?
बेको ब्रान्ड बाहिर तिर अझ भनौ युरापमा निकै चर्चित हो । नेपालमा चौधरी ग्रुपले लिएपछि यसको नेटर्वकको कारण बिजनेस राम्रो नै भइरहेको छ । हामीले वासिङ मेसिनबाट सुरु गरिएको सेवामा अहिले ६ वटा उत्पादन बजारमा आइसकेको अवस्था छ । बजारमा राम्रो रेसपोन्स पाइरहेको अवस्था छ ।
हामीले वासिङमेसिन, एसी, कुकिङरेन्ज, (ओभन), डिस वाटर, रेफ्रिजेरेट रहेका छन् । वासिङ मेसिनमा अर्को एउटा प्रोडक छ वास एन्ड ड्राइ रहेको छ । यसमा धुन र सुकाउन सकिन्छ । यी उत्पादनहरू हामीले बजारमा बिक्री गरिरहेका छौं र व्यापार पनि राम्रो नै छ । अझ पनि अन्य उत्पादनहरू थप्ने योजनाहरू छन् । अनलाइनमा र अहिले पाइपलाइनमा रहेका छ । केही दिनमा त्यो नेपालमा लन्ज हुन्छ ।
होम एपलाइन्समा के–के प्रोडकहरू थपिँदै छ ?
होम एपलाइन्समा हाम्रो हब हुक्सहरू भन्छ । जुन चिम्नी जस्तै हो । एसीमा सिलिङ क्यासेट पनि रहेको छ । रेफ्रिजेटरहरू पनि छन् । ठूलो–ठूलो सेक्मेन्टमा रेफ्रिजेरेटहरू लाइरहेका छौं । वासिङ मेसिनमा पनि हामीहरूले ठूलो खालको कमर्सियल १८ देखि २० केजी सम्मको मेसिन ल्याइरहेका छौं ।
बिक्रेताहरुको नेटवर्क कस्तो छ ?
हाम्रो नेटवर्क राम्रो छ । पूर्वदेखि पश्चिमसम्म नै यसको राम्रो नेटवर्क रहेको छ । हामीहरूले अहिले देशभरमा करिब १८० डिलरमार्फत बिक्री भइरहेको छ । त्यस्तै हाम्रो आफ्नै सीजी डिजिटलबाट पनि हामीहरूले सामानहरू बिक्री गरिरहेका छौँ ।
सीजीले एक दर्जनभन्दा बढी ब्रान्ड आफैंले बिक्री गरेको छ गरिरहेको छ । ती र बेकोमा के फरक छ ?
नेपालको इलेक्ट्रोनिक मार्केट हेर्नेहो भने यहाँ कोरियन उत्पादनले लिड गरिरहेको अवस्था हो । कोरियनपछि भारतीय उत्पादनले पनि केही मात्रामा आफ्नो उपस्थिति जनाएको अवस्था हो । हामीसँग पनि कोरियन, भारतीय, चाइनिज ब्रान्डहरू पनि छन् । तर, बेको यी सबै सामानभन्दा फरक रहेको छ । यो युरोपिएन उत्पादन हो र त्यसको प्रविधि सबै फरक रहेको छ ।
युरोपिएन ब्रान्डको पार्टहरू डिउरेसनलगायत यसको आकर्षण पनि निकै फरक रहेको छ । खानाको टेष्ट अनुसार नै इलेक्ट्रोनिक सामानको पनि फरक–फरक टेस्ट हुन्छ । यहाँ कोही भारतीय, कोही चाइनिज, कोरियन र युरोपिएन टेस्ट रहेको छ । यसमा बेको युरोपिएन भएले यसको सबै कुरा फरक छ । यसको आफ्नै प्याटन हुन्छ र एकदम जेनुन पार्टहरू हुन्छन् । जसको ग्यारेन्टी पनि हुन्छ । यो उच्च गुणस्तरको हो ।
नेपालमा उच्च गुणस्तरको युरोपिएन ब्रान्डको त्यति विकास भएको देखिँदैन । तर, भविष्यमा भने यसको विकास हुन्छ । अहिले हाम्रो जुन उपभोक्ता हुनुहुन्छ उहाँहरूको विश्वासले यस प्रति आकर्षण बढ्दै जान्छ । ब्रान्डको विश्वास बढ्दै जाँदा त्यसको प्रयोग पनि बढ्ने हो । हामीहरूले हाम्रो उत्पादनको विषयमा आफ्नो नेटवर्कबाट प्रचार गर्ने काम गरिनै रहेका छौं ।
बेकोको विषयमा डिलर वा सीजी इलेक्टोनिक्समा गएर अबलोकन गर्न सकिन्छ । तर त्यसको प्रतिक्रिया हेरेर दिन सकिदैन । त्यसका लागि प्रयोग गर्नुनै पर्छ । अहिले प्रयोग गर्ने उपभोक्ताहरूबाट प्रतिक्रियाहरू आइरहेको अवस्था छ । सकारात्मक प्रतिक्रिया आइरहेको छ ।
चाइनिज र बेकोको मूल्यमा कत्तिको फरक पर्छ ? प्रविधिका कारणले गर्दा युरोपिएन सामान महँगो हुन्छ होला नि ?
हो चाइनिजभन्दा युरोपिएन सामान महँगो नै हुन्छ । महँगो भए पनि मूल्यको एउटा रेन्ज रहेको छ । हाम्रोमा कोरियन सामानको केही महँगो हुन्छ । त्यस पछिको रेटमा हामीहरू रहेका छौं । हाम्रो सामानको मूल्य निकै धेरै पनि छैन । सस्तो पनि होइन । मिडियम प्राइस रहेको छ । ए प्लस त होइन तर ए को र्याङ्किङमा मूल्य छ । वासिङ मेसिनकै कुरा गर्दा हामीसँग ७ देखि १० केजीसम्मको रहेका छ । यी वासीङ मेसिनको मूल्य न्यूनतम ६७ हजार देखि १ लाख १० हजार रुपैयाँसम्म पर्छ ।
रेफ्रिजेरेटको कुरा गर्दा हाम्रोमा सिङ्गल डोर र डलब डोर रेफ्रिजेरेटर रहेको छ । मल्टी डोरको पनि छ । सिगल डोरको कुरा गर्दा त्यसको मूल्य ३३ हजार रहेको छ । डबल डोरको ७० हजार रुपैयाँ रहेको छ भने मल्टी डोरको १ लाख ९० हजार रुपैयाँ पर्छ ।
पछिल्लो समय इएमआईको पनि सुविधा खोज्छन् ग्राहकले । यसमा चाहिँ तपाईंहरूको सुविधा के छ ?
यसमा हामीले तत्काल जगदम्बा फाइनान्सबाट इएमआईको सुरुवात गराएका छौं । यो निकै सहज पनि छ । कुनै किसिमको झन्झट छैन । सहजै रूपमा नागरिकताको प्रमाणपत्र, घरको बिजुली पानीको बिल भएको खण्डमा सहजै रूपमा हुन्छ । यसले ग्राहकको बसाइको अवस्थालाई निर्धारण गर्छ कि उ कुन ठाउँको हो भनेर । यदि त्यस्तो हुन सकेन् भने ग्यारन्टर भयो भने पनि हुन्छ । यी प्रमाणहरू भएको खण्डमा ३० मिनेटमा यो काम हुन्छ ।
मानौं कसैले डेढ लाख पर्ने वासिङमेसिन किन्यो भने कति रकम सुरुमा दिनुपर्छ ?
हामीले इएमआई गर्दा सुरुमा ३० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । हाम्रोमा ३० हजाभन्दा माथिको जुन कुनै सामान किन्दा पनि यो सुविधा पाउन सकिन्छ । इएमआई गर्दा ६ महिनादेखि १ वर्षसम्मको अवधि उपलब्ध छ । त्यो ग्राहकको आवश्यकताअनुसार हन्छ ।
होम एप्लाइन्सको बिक्रीपछिको सर्भिसिङ चाहिँ कस्तो छ ?
चौधरी ग्रुपको इलेक्टोनिक बिजनेस राइज भनेको आप्टर सेल्स सर्भिस हो । आजको दिनमा सामान बेच्नु मात्रै ठूलो कुरा होइन । सामान बिक्री गरेपछिको सर्भिस पनि महत्वपूर्ण हुन्छ । सामानको वारेन्टी १० वर्षसम्म हुन्छ । त्यति बेलासम्म सर्भिस दिन सक्नुपर्छ र हामीले दिँदै आएका पनि छौं ।
म ग्राहकहरूलाई पनि के भन्न चाहान्छु भने कुनै सामान किन्दा आप्टर सेल्स सर्भिसको बारेमा बुझेर मात्रै किन्नुहोस् । जुन कम्पनीको सामान किनिरहँदा त्यो सामानको बारेमा सर्भिस दिन सक्छु कि सक्दिनँ । यदि सर्भिस दिन सक्नु हुँदैन भने सामान सस्तो पाउनुहुन्छ र भोलिका दिनमा त्यसबाट सर्भिस पाउन सक्नु हुँदैन ।
चौधरी ग्रुपको एउटै रेपोटेसन हो हाम्रो आफ्नै सर्भिस सेन्टरहरूबाट सर्भिस प्रदान गरिन्छ । हाम्रो देशभरमा २४ वटा आफै सर्भिस सेन्टर र २ सयभन्दा बढी हामीले रेफर गरेका प्राविधिकले सर्भिस दिन्छन् । सर्भिस वारेन्टी समयमा सित्तैमा हुन्छ र देशभर नै हामीहरूले त्यो सेवा प्रदान गर्छौँ । अरू बेलामा पनि सेवा दिने काम गरिनै रहेका छौँ ।
बेकोको वारेन्टी ग्यारेन्टिको कति–कति छ ?
बेकोको वासिङमेसिनको कुरा गर्दा यसमा दुई किसिमको वारेन्टी हुन्छ । एउटा कम्प्रिहेन्सी वारेन्टी हुन्छ । त्यसमा सबै प्रोडकको नै वारेन्टि हुन्छ । त्यो एक वर्षको हुन्छ । ड्रमको वारेन्टी १० वर्षको हुन्छ । जुन मोटरबाट चल्ने हो । रेफ्रिजेरेटर सिङगल डोर कम्प्रेसरमा १० वर्ष, डबल डोरमा १२ वर्ष र एसीमा पनि १० वर्षको वारेन्टी हुन्छ । ओभनमा पनि कम्प्रिहेन्सीमा एक वर्ष र अन्यमा १० वर्षको वारेन्टी हुन्छ ।
गुनासो गरेको कति दिनपछि ग्राहकको घरमा गएर हामीले सर्भिस दिन्छौं ?
हामीले चलाएको सर्भिर भनेको २ इन वान वान सर्भिस चलाएको हो । यो भनेको कस्तो हो भने कुनै पनि गुनासो आउन बित्तिकै सर्भिस सेन्टरमा गुनासो दर्ता गराउनुपर्योे । गुनासो दर्ता गराएको २ घण्टाभित्र सर्भिस सेन्टरबाट ग्राहकलाई फोन जान्छ । कस्तो खालको समस्या छ भनेर सोध्नका लागि त्यसो गरिन्छ । त्यस पछि प्राविधिकलाई म्यासेज जान्छ । त्यसपछि काठमाडौं उपत्यकामा हो भने दुई दिनभित्रमा सर्भिस पाइन्छ ।
हाम्रो मुख्य सहरहरूमा २४ घण्टामा सेवा प्रवाह हुन्छ । यदि मुख्य सहरभन्दा बाहिरको हो भने ७२ घण्टामा हामीहरूले सेवा दिइसक्छौँ ।
अन्य प्रोडकहरू सस्तो पनि छ । तर, अरू नकिनेर किन बेको नै किन्ने त ?
सबै प्रोडकको आफ्नो आफ्नो विशेषता हुन्छ । हाम्रो प्राविधिक रूपमा यो निकै फरक छ । नयाँ प्रविधि पनि प्रयोग गरिएको छ । यसमा हरेक कुरा सिस्टमेटिक हुन्छ । सामान पनि सबै जेनुन हुन्छ । गतल पार्टहरूको प्रयोग पनि भएको हुँदैन । सबै सामान ब्रान्ड हुन्छ ।
विदेशबाट पनि सामानको विषयमा बुझ्नका लागि फोन आइरहेको छ । एक पटक प्रयोग गरेकोहरूले यो सामान किन्नका लागि कुनै पनि हिचकिचाउनु हुँदैन । ब्रान्ड भनेको मुख्य कुरा हो मूल्य सेकेन्डरी विषय हो ।
सीजीले यसलाई प्रिमियम ब्रान्डका रूपमा स्थापन गर्न खोजेको हो ?
हो । हामीले प्रिमियम ब्रान्डकै रुपमा यसलाई ल्याएका हौँ । यसलाई मार्केटिङ गरिरहेका पनि छौँ ।
अहिले तीन वर्ष भयो । अहिले हामी कुन अवस्थामा छौँ र अबको तीन वर्षपछि बेकोलाई कुन अवस्थामा पाउन सकिन्छ ?
बजारमा हेर्दा अहिले अन्य दुई ब्रान्डले लिड गरिहेको अवस्था छ । यो अवस्थामा भन्दा हामीहरू अहिले मल्टी नेसनल ब्रान्डका रूपमा हामी तेस्रो स्थानमा छौँ । विस्तारे गरेर हामीहरू दोस्रोमा पुग्ने लक्ष्य लिएका छौँ । ४० औँ वर्षदेखि बजारमा आफ्नो छाप छोडेका ब्रान्डहरू पनि छन् । हामीहरू त भर्खर मात्रै आएका हौं ।
बेकोको नेपालमा एसम्बल हुन्छ कि सिधै युरोपबाटै आउँछ ?
अहिले बेकोको नेपालमा एसम्बल हुँदैन् । सबै युरोपबाट नै यहाँ आउने हो । बेको ब्रान्ड एकदमै बलियो हो भने नेपालमा बिक्री गर्ने पनि बलियो ब्रान्ड भएकाले ढुक्क भएर सामान किन्नका लागि पनि आग्रह पनि गर्दछु । यो युरोपको पहिलो ब्रान्ड हो । नेपालमा भने विस्तारै यसलाई अघि बढाउने काम हामीहरूले गरिरहेका छौं ।
प्रतिक्रिया दिनुहोस्