Skip to content
Prabhu

सूर्याेदय वोमी लघुवित्तको नाफा ५९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु अािर्थक वर्षको दोस्रो त्रैमासिकसम्ममा गत आवको भन्दा ५९.७६ प्रतिशतले नाफा वृद्धि गरेको छ । लघुवित्तले सार्वजनिक गरेको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ३ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २ करोड ३४ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मा कम्पनीको सञ्चालन नाफासँगै खुद ब्याज आम्दानी बढेकाले नाफा वृद्धि भएको हो ।

global
अर्घाखाँची सिमेन्ट

कम्पनीको सञ्चालन नाफा गत आवमा ३ करोड ३५ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी चालु आवमा ३० करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत आवमा यस्तो आम्दानी २५ करोड ४९ लाख रुपैयाँ रहेको थियो । चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ३९ करोड रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीले ५ अर्ब ४ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन र ११ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । कम्पनीको ईपीएस गत आवमा ५ रुपैयाँ १६ पैसा रहेकोमा चालु आवमा बढेर ६ रुपैयाँ ७८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ३५ पैसा र निष्क्रिय कर्जा ५.४४ प्रतिशत रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal