Skip to content
Prabhu

सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा दिउसो साढे २ बजेको समयमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ६१ रुपैयाँ २० पैसाले बढेर ६७३ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । यस अघि गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

यो समाचार तयार पार्दासम्म समग्र सेयर बजार परिसूचक भने १० दशमलव ८४ अंकले घटेर कारोबार भइरहेको छ । यो अवस्थामा सेयर बजार परिसूचक २६८८ दशमलव ९६ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६ अर्ब ८३ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal