काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ११ दशमलव ४९ अंकले घटेर २६८८ दशमलव ३१ विन्दुमा पुगेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६८ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २५ अंकले घटेर ४५२ दशमलव २१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
आज नेप्से सँगै कारोबार रकममा पनि कमी आएको छ । गत साताको बिहीबारको कारोबार बन्द हुँदा ९ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज भने ८ अर्ब भन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०५ कम्पनीका १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८४ हजार २८९ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्