Skip to content
Prabhu

नेप्से घटेको दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भयो । कारोबार रकम पनि घटेको दिन ६८ कम्पनीको सेयर मूल्यमा मात्रै बढेको छ । आज सेयर मूल्य बढ्ने कम्पनीमध्ये २ कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

आजका सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आजको कारोबार बन्द हुँदा सेन्ट्रल फाइनान्सको सेयर मूल्य ६१ रुपैयाँ २० पैसाले बढेर ६७३ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा आज ३० रुपैयाँ १० पैसाले बढेर ३३१ रुपैयाँ १० पैसा पुगेको छ । यो कम्पनीको आज पहिलो कारोबार हो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा उपकार लघुवित्त, इन्फिनिटि लघुवित्त र उपर लोहोरे खोला हाइड्रोपावर रहेका छन् । आजको कारोबार बन्द हुँदा उपकार लघुवित्तको सेयर मूल्य ३६० रुपैयाँले बढेर ६ हजार ३०० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.०६ प्रतिशतले धेरै हो ।

आजको कारोबार बन्द हुँदा इन्फिनिटी लघुवित्तको सेयर मूल्य पनि ६.०२ प्रतिशत अर्थात् ५९ रुपैयाँले बढेर १ हजार ३९ रुपैयाँ पुगेको छ । अपर लोहोरे खोलाको सेयर मूल्य पनि आज ३३ रुपैयाँ २० पैसाले बढेर ६६३ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ५.२७ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal