Skip to content
Prabhu

सेयर बजार दोहोरो अंकले घटेको दिन यी हुन धेरै गुमाउने ५ कम्पनी

काठमाडौं । आइतबारको सेयर बजार कारोबार बन्द हुँदा परिसूचक दोहोरो अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १६८ कम्पनीको सेयर मूल्य घटेको दिन धेरै मूल्य घट्ने पाँच कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जि, छ्याङदी हाइड्रोपावर र न्यादी हाइड्रोपावरको सेयर मूल्य सबै भन्दा धेरै घटेको हो ।

आजको कारोबार बन्द हुँदा सप्तकोशीको सेयर मूल्य ७७ रुपैयाँ २० पैसाले घटेर १ हजार १०६ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.५२ प्रतिशतले कम हो । त्यस्तै आज सिन्धु विकास बैंकको सेयर मूल्य पनि आज ५.६१ प्रतिशत अर्थात् ६० रुपैयाँ ९० पैसाले घटेर १ हजार २४ रुपैयाँ १० पैसा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको कारोबार बन्द हुँदा भूगोल इनर्जिको सेयर मूल्य पनि ४.६४ प्रतिशत अर्थात् ४३ रुपैयाँ ९० पैसाले घटेर ९०३ रुपैयाँ पुगेको छ । छ्याङ्दी हाइड्रोको सेयर मूल्य पनि आज २४ रुपैयाँ ६० पैसाले घटेर ५१५ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.५६ प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि ४.५२ प्रतिशत अर्थात् प्रतिकित्ता ३५ रुपैयाँले घटेर ७४० रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal