Skip to content
Prabhu

नेपाल स्काउट कर्मचारी नियमावलीमा ‘श्री ५ को सरकार’, खेलकुदमन्त्रीले गरे हस्ताक्षर

काठमाडौं । नेपाल स्काउट कर्मचारी नियमावलीमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेका छन् । नेपाल स्काउट कर्मचारी नियमावली मन्त्रालयबाट संशोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखिएको छ । सोही नियमावलीमा उनले हस्ताक्षर गरेका छन् ।

नियमावलीको मा अनुसूची–४(क)को कार्यसम्पादन फारामको १ नम्बर बुँदा (पृष्ठ २४)मा ‘मूल्यांकन फारामको नमूना श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ भन्ने वाक्य लेखिएको छ । फरामसम्बन्धी अनुसूचीको ४ नम्बर बुँदाको ठीक तल मन्त्री चौधरीको हस्ताक्षर छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्