काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा रुरु जलविद्युत परियोजनाको नाफा ६ करोड भन्दा बढी पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६ करोड ७६ लाख रुपैयाँ पुगेको हो ।
यो गत आवको सोही अवधिको भन्दा १.९२ प्रतिशतले बढी हो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३.५१ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी २९.२३ प्रतिशत र वित्तीय खर्च २९.२३ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९९ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ९ करोड १३ लाख रुपैयाँ रहेको थियो ।
नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ७२ पैसा घटेर २१ रुपैयाँ १८ पैसामा झरेको छ । पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ । ५६ करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १६ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।






प्रतिक्रिया दिनुहोस्