Skip to content

साल्ट ट्रेडिङ्गको बिक्री आम्दानी घट्यो

nabil bank

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको बिक्री आम्दानी ४ अर्ब ५८ लाख ३५ हजार रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ६ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.२६ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको वित्तीय खर्च ८७.२७ प्रतिशत घटेका कारण बिक्री आम्दानीको तुलनामा खुद नाफाको गिरावट दर कम भएको हो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ६३ पैसा घटेर २२ रुपैयाँ ५ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ३८४ रुपैयाँ ३० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४३.८९ गणा रहेको छ । ३२ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ३६ करोड २४ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime