काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सुपर मादी हाइड्रोपावर लिमिटेडले सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अधिकांश सूचकमा सामान्य गिरावट आएको छ ।
समीक्षा अवधिमा कम्पनीले १२ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको यसैअवधिको तुलनामा १७.३७ प्रतिशत कम हो । गत वर्ष यस कम्पनीले १४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ७१ करोड ६५ लाखबाट घटेर ६० करोड ६० लाखमा झरेको छ । उक्त आम्दानी घट्दा नाफामा दबाब परेको हो । वित्तीय खर्च ३८ करोड ४४ लाखबाट घटेर २८ करोड ९६ लाख रुपैयाँ कायम भएको छ ।
२ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ करोड ४ लाख जम्मा छ । प्रतिसेयर आम्दानी ११.०४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १०६.८२ रुपैयाँ छ । समग्र रुपमा कम्पनीका प्रमुख वित्तीय सूचांकहरुमा सामान्य गिरावट आएको छ।
प्रतिक्रिया दिनुहोस्