Skip to content

रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंको ६० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालयले आज उच्च अदालत पाटनमा निवेदन दिएको हो ।

निवेदनमा उनलाई थुनामै पठाउनुपर्ने आदेश माग गरिएको उच्च अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए । सो मुद्दामा मंगलवारलाई पेशी तोकिएको छ। कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छाडेको थियो ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्