काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले फागनु ५ गते देखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर लिलाम प्रक्रियाबाट बिक्री गर्ने भएको हो ।
कम्पनीले यसअघि १ः१ को अनुपातमा हकप्रद निष्कासन गरेकोमा बाँकी रहेको सेयरहरू लिलाम मार्फत बिक्री गर्न लागेको हो । जसमध्ये संस्थापकतर्फको ६ लाख ७६ हजार १९१ कित्ता सेयर रहेको भने सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र लक इनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर रहेको छ । लकइन आउदो चैत्र २९ गते सकिने छ ।
सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । सेयर किन्न आवेदन दिँदा कम्तीमा १०० कित्ता किन्नुपर्नेछ भने बढीमा १० ले निःशेष भाग जानेगरी सबै कित्ता किन्न सकिनेछ । इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र त्यसको मूल्य समेत तोकि बोलपत्र आवेदन बुझाउनु पर्नेछ । यस्तो आवेदन फाराम एनआईएमबि एस क्यापिट लिमिटेडको काठमाडौं कार्यालय सहित पोखरा, बुटवल, वीरगंज र विराटनगरमा रहेको शाखा कार्यालयमा पाइनेछ ।






प्रतिक्रिया दिनुहोस्