Skip to content

सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पूर्णरूपले बन्द

nabil bank

उदयपुर । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग गत मंसिर १९ गतेदेखि पूर्णरुपले बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले जानकारी दिए।

उद्योगका निमित्त महाप्रबन्धक साहले उद्योगसँग कच्चापदार्थ खरिद गर्ने पैसा नहुँदा उद्योग बन्द गर्नु परेको हो । उनले भने, ‘उद्योगले भुक्तानी गर्नुपर्ने दायित्व झन्डै डेढ अर्ब रुपैयाँ पुगेको र कच्चापदार्थ खरिदमा समस्या हुँदा उद्योग बन्द भएको हो ।’

उदयपुर सिमेन्ट उद्योगमा अहिले २ सय २० जना कर्मचारी कार्यरत छन् । उनीहरूले ५ महिनादेखि तलबसमेत पाउन सकेका छैनन् । उद्योगले आपूर्तितर्फ झन्डै ६५ करोड भुक्तानी गर्न बाँकी रहेको छ भने विद्युत् महसुलको ३० करोड भुक्तान गर्न बाँकी छ ।

बिगत २८ महिनादेखि कर्मचारीको सञ्चयकोष र नागरिक लगानी कोषमासमेत रकम जम्मा हुन सकेको छैन । रिटायर कर्मचारीको ४५ करोडभन्दा माथि भुक्तानी छ । यी सबै दायित्व जोड्दा करिब डेढ अर्ब रुपैयाँ उद्योगले भुक्तानी गर्न पर्ने निमित्त महाप्रबन्धक महेश साहले बताए ।

उता उद्योगको सम्पूर्ण बैंक खातासमेत रोक्का भएका छन् । रौता सर्भिसेज प्रालिले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैंक खाता रोक्का भएका हुन् । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै ७ माघमा उदयपुर सिमेन्ट उद्योगका नाममा रहेका सबै बैंकका खाताहरू रोक्का गर्न अदालतले आदेश दिएको हो ।

उनले भने अहिले रौता सर्भिसेज प्रालिले सामानको भुक्तानी नपाएको भन्दै रिट दर्ता भएपछि उक्त रिटको सुनुवाइ गर्दै अदालतले उद्योगका सबै बैंक खाता रोक्का गरेको बताए। उता उद्योगको सम्पूर्ण बैंक खातासमेत रोक्का भएका छन् ।

रौता सर्भिसेज प्रालिले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैंक खाता रोक्का भएका हुन् । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै ७ माघमा उदयपुर सिमेन्ट उद्योगका नाममा रहेका सबै बैंकका खाताहरू रोक्का गर्न अदालतले आदेश दिएको हो ।

उदयपुर सिमेन्ट उद्योगकाले रौता सप्लायर्सको मात्र ९५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। सोही रकम उद्योगले नदिएको भन्दै रौता सप्लायर्सले भुक्तानी माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

तर, उद्योगसँग कच्चा पदार्थ खरिद गर्नेसम्म पैसा नभएकाले रौता सप्लायर्सको भुक्तानी नदिएको निमित्त महाप्रबन्धक साहले बताए। उनले भने, ‘काठमाडौँ जिल्ला अदालतको निर्णयविरुद्ध हामी उच्च अदालत पाटन जाने तयारीमा छौँ, खाता फुकुवा भएन भने उद्योग झनै समस्यामा पर्छ ।’

चालू आर्थिक वर्ष ०८१/८२ उदयपुर सिमेन्ट उद्योग १८ दिन मात्र चलेको थियो तर अहिले पछिल्लो समय मङ्सिर १९ गतेदेखि भने उद्योग पूर्णतः बन्द भएको छ । निमित्त महाप्रबन्धक साह भन्छन्, ‘मुख्य समस्या कोइला खरिद गर्ने पैसाकै अभावले गर्दा उद्योग पूर्ण रूपमा बन्द भएको हो ।’ उद्योग बन्द भएपछि घाटा बढिरहेको र उद्योगले तिर्नुपर्ने दायित्व बढेर गएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime