काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाफा साढे २२ करोड पगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको हो ।
वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ३७.६७ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ३६ करोड ९ लाख रुपैयाँ रहेको थियो । नाफा घटे पनि कम्पनीको खुद बीमाशुल्क आर्जन भने बढेको छ । गत वर्ष कम्पनीको बीमाशुल्क आर्जन ७९ करोड २५ लाख रुपैयाँ रहेकोमा चालु आवको पुस मसान्तसम्मा ८० करोड ३९ लाख रुपैयाँ पुगेको छ । चालु आवमा कम्पनीको कुल आम्दानी भने घटेको छ । गत आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा चालु आवमा घटेर १ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर प्रिमियम ४ लाख रुपैयाँ, स्पेशल रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ३१ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ । त्यस्तै चालु आवको दोस्रो त्रैमासिकसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ०३ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ८७ रुपैयाँ ३४ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्