काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको वित्तीय अवस्था समेत दयनीय देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था निकै दयनीय देखिएको हो ।
वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा, कुल आम्दानी सहित प्रतिसेयर आम्दानी लगायत सबै सूचक नकारात्मक देखिएको छ । तथ्यांक अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासिकको तुलनामा १८.८६ प्रतिशतले घटेको छ । कम्पनीको नाफा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको यस्तो नाफा गत आवको सोही अवधिमा ४२ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।
त्यसैगरी चालु आवमा कम्पनीको कुल आम्दानी समेत १८.८६ प्रतिशतले घटेको छ । चालु आवको पुस महिनासम्म यस्तो आम्दानी ७२ करोड ४९ लाख रुपैयाँ रहेको छ । गत आवमा कम्पनीको यसतो आम्दानी ७५ करोड ५१ लाख रुपैयाँ रहेको थियो । नाफा र आम्दानी घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घट्न पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३० रुपैयाँ ०२ पैसामा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च २९.७७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको कुल खर्च गत आवमा २१ करोड ४२ लाख रुपैयाँ रहेकोेमा चालु आवमा बढेर २७ करोड ७९ लाख रुपैयाँ पुगेको छ । जम्मा २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुजी रहेको कम्पनीको स्पेशल रिजर्भमा ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । त्यस्तै रिटेन्ड अर्निङमा २ अर्ब ४४ करोड रुपैयाँ र महाविपत्ति कोषमा ६८ करोड रुपैयाँ सञ्चित गरेको छ ।
कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ६ हजार ३२२ रुपैयाँ ८३ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ११३.९८ गुणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्