काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजकिन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा २३९ प्रतिशतले नाफा बढेको हो ।
गत आवको पुस मसान्तसम्ममा ११ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा ४० लाख १७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । विवरण अनुसार चालु आवमा कम्पनीको आम्दानीसँगै खुद बीमाशुल्क आर्जन पनि बढेकाले नाफामा सुधार देखिएको हो ।
कम्पनीको यस्तो आम्दानी चालु आवमा १४ करोड २६ लाख रुपैयाँ रहेको छ । गत आवमा कम्पनीको यस्तो आम्दानी ३ करोड ७४ लाख रुपैयाँ रहेको थियो । त्यस्तै यो अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेर ११ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत आवमा यस्तो शुलक आर्जन १ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । चालु आवको दोस्रो त्रैमासिकसम्मको अवधिमा प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा पुगेको छ । त्यस्तै गत आवमा कम्पनीको जीवन बीमा कोषमा २२ लाख ९२ हजार रुपैयाँ रहेकोमा चालु आवमा बढेर ३ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
हाल कम्पनीको चुक्ता पुजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा १ करोड १० लाख रुपैयाँ र महाविपत्ति कोषमा करिब १४ लाख रुपैयाँ सञ्चित रहेको छ ।
प्रतिक्रिया दिनुहोस्