काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४३१ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ४३१.४७ प्रतिशतले नाफा बढेको हो ।
विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २ करोड ५५ लाख रुपैयाँ रहेको थियो । यस अवधिसम्म आइपुग्दा लघुवित्तको सञ्चालन नाफा ४५९.७४ प्रतिशतले बढ्दा नाफामा बृद्धि भएको हो । गत वर्ष ३ करोड ५९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले अहिले बढाएर २० करोड ११ लाख रुपैयाँ पुर्याएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी भने ९.४९ प्रतिशतले घटेर ८१ करोड ३० लाख रुपैयाँमा झरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ जम्मा छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ २३ पैसाले बढेर ५ रुपैयाँ २१ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ९८ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १९४.८६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्