Skip to content

करिब ३३ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा घट्यो

nabil bank

काठमाडौं । नेपाल टेलिकम लिमिटेडको नाफा करिब ३३ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत पुस मसान्तभन्दा चालु पुस मसान्तसम्मको अवधिमा ३२.९७ प्रतिशतले नाफा घटेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ३६.३० प्रतिशत र कुल आम्दानी ८.४० प्रतिशत घटेको छ । कम्पनीको वित्तयि खर्च भने ०.१९ प्रतिशत मात्र घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ ४० पैसा घटेर २९ रुपैयाँ २८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ । १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime