काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ दशमलव २९ अंकले बढेको हो ।
यो सेसनको कारोबार पछि नेप्से परिसूचक २६८७ दशमलव १६ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १३ अंकले बढेर ४५० दशमलव २८ विन्दुमा पुगेको छ ।
आजको उक्त सेसनमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । बुधबारको प्रि ओपन सेसनमा ६८ कम्पनीका २६ हजार ७२० कित्ता सेयर १४७ पटक खरिद बिक्री हुँदा १ करोड ६१ लाख ५९ हजार ७३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्