Skip to content

फागुन महिनाका लागि वाणिज्य बैंकको ब्याजदर : १८ वटाको स्थिर, एउटाको बढ्दा एउटाको घट्यो

nabil bank

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । १० वाणिज्य बैंकले फागुन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार १८ बैंकको ब्याजदर स्थिर रहेको छ भने एउटाको बढ्दा एउटाले घटाएको छ ।

फागुन महिनामा माघ महिनाको भन्दा ब्याजदर बढाउने बैंकमा ग्लोबल आइएमई बैंक छ भने घटाउनेमा लक्ष्मी सनराइज बैंक छ । अरू सबै बैंकले माघ महिनाको ब्याजदरलाई नै फागुनमा पनि निरन्तरता दिएका छन् । बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ । माघमा पनि ६.० प्रतिशत नै थियो ।

फागुन महिनामा ब्याजदर घटाएको लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दतीमा ५.५ प्रतिशत ब्याज तोकेको छ । माघ महिनामा यो बैंकको ५.७५ प्रतिशत ब्याज तोकेको थियो । त्यस्तै फागनु महिनामा माघको भन्दा ब्याजदर बढाएको ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दतीमा ६ प्रतिशतल ब्याजदर तोकेको छ । यो बैंकले माघ महिनाका लागि ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

फागुन महिनाका लागि माघ महिनाको जस्तै कृषि विकास बैंकले ५.५१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५५ प्रतिशत, कुमारी बैंकले ५.९१ प्रतिशत र प्राइमक कमर्सियल बैंकले ६.२५ प्रतिशत ब्याजदर तोकेका छन् ।

त्यस्तै फागुन महिनाका लागि नेपाल बैंकले ५.६ प्रतिशत, सानिमा बैंकले ६.०५ प्रतिशत, सिटिजन्स बैंकले ५.६५ प्रतिशत, नविल बैंकले ५.७५ प्रतिशत र इन्भेष्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

त्यस्तै फागुन महिनामा सिद्धार्थ बैंकले ६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, प्रभु बैंकले ६.१ प्रतिशत एनएमबी बैंकले ६.६ प्रतिशत, एनआईसी एशिया बैंकले ६.६ प्रतिशत, हिमालयन बैंकले ६.२५ प्रतिशत र एभेरेष्ट बैंकले ६ प्रतिशत ब्याजदर निर्धाण गरेका छन् । यी सबै बैंकले फागुन महिनामा पनि सोही ब्याजदर कायम गरेका थिए ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime