काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको नाफा २८ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्मको भन्दा २८.६७ प्रतिशतले नाफा घटेको हो ।
पुस मसान्तसम्ममा कम्पनीले ५८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो कम्पनीले ८२ लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ५ करोड २५ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै कम्पनीको खुद बीमा शुल्क आर्जन ६ करोड ७४ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले आर्जन २६ लाख ४४ हजार रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो । कम्पनीको चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ भने रिटन्र्ड अर्निङ १ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
यसअवधिमा कम्पनीको आम्दानी २ करोड ६१ लाख रुपैयाँबाट बढेर ९ करोड १६ लाख रुपैयाँ पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्