Skip to content

सानिमा जिआईसीको नाफा १५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा सानिमा जिलाईसीको नाफा १५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा १५.२५ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको यसै अवधीमा १० करोड ५५ लाख रुपैयाँ मुनाफा कमाएको कम्पनीले चालु आवको पुस मसान्तसम्ममा १२ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै २ अर्ब चुक्ता पुँजी भएको कम्पनीले खुद बीमा शुल्क आम्दानी ९४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधीमा कम्पनीको प्रतिसेयर आम्दानी १२.१७ रुपैयाँ, पिई रेसियो ५५.८८, नेटवर्थ १५२.७७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४७२.७३ रुपैयाँ रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime