काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज एकै दिन तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९ सय ४५ रुपैयाँ रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्