Skip to content

सेयर बजार सामान्य अंकले बढेको दिन गार्डियन माइक्रोको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आज सेयर बजारमा सामान्य अंकले बढेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको दिन आज गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो कम्पनीको सेयर मूल्यमा यो साताको चारै दिन सकारात्मक सर्किट लागेको हो । आजको यो कम्पनीको सेयर मूल्य ४० रुपैयाँले बढेर ४४० रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा रिभर फल्स पावर, न्यादी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक छन् ।

आजको कारोबार बन्द हुँदा रिभर फल्सको सेयर मूय ६७ रुपैयाँले बढेर ९०२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.०२ प्रतिशतले धेरै हो । त्यस्तै आज न्यादी हाइड्रोको सेयर मूल्य ७.५९ प्रतिशत अर्थात् ६१ रुपैयाँ २० पैसाले बढेर ८६८ रुपैयाँ पुगेको छ ।

आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १११ रुपैयाँ ७० पैसाले बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.४६ प्रतिशतले धेरै हो । आज सिन्धु विकास बैंकको सेयर मूल्य पनि ७.०८ प्रतिशत अर्थात् ७५ रुपैयाँले बढेर १ हजार १३४ रुपैयाँ पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime