Skip to content
Prabhu

आन्तरिक राजश्वमा दाहाल र भन्सार विभागमा भट्टराई

काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रीस्तरीय निर्णयबाट सहसचिवहरूका जिम्मेवारी हेरफेर गरिएको हो ।

नयाँ जिम्मेवारी अनुसार सहसचिव मदन दाहाललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । उनी अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थिए । यस्तै, योजना अनुगमन तथा मूल्यांकन महाशाखाबरा प्रमुख महेश भट्टराईलाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सहसचिव थानप्रसाद पंज्ञानीलाई मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको छ । यसअघि उनी मन्त्रालयकै वित्तीय संघीयता समन्वय महाशाखामा थिए । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका सहसचिव शोभाकान्त पौडेललाई मन्त्रालय ल्याइएको छ र आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ ।

आर्थिक नीति विश्लेषण महाशाखाका सहसचिव महेश आचार्यलाई तालिम प्रमुख बनाइएको छ । उनलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्