Skip to content

गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा पाँचौँ दिन पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बिहीबार पनि गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो साताको आइतबार देखि कारोबार खुलेको कम्पनीमा लगातार पाँचौँ दिन सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले बढेर ४८४ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यस आजको कारोबार खुलेको पहिलो १० मिनेटमा नै कुमारी सबल योजनाको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

आजको पहिलो १५ मिनेटको कारोबार जारी रहँदा समग्र नेप्से परिसूचक ९ दशमलव ७८ अंकले बढेर २६९५ दशमलव ५१ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४५ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime