काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ५२ हजार भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । लघुवित्तले आफ्ना आठजना संस्थापक सेयरधनीहरूको नाममा रहेको ५२ हजार २४९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
लघुवित्तले सेयरधनी गोमा देवी चुडाल, लक्ष्मी प्रसाद सिटौला, बलभद्र अधिकारी, रुपमाया गुरुङ्ग, लक्ष्मण पाण्डे, डिब बहादुर पाण्डे, गणेशमान मुखिया र वेद बहादुर थापाको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर हाल कम्नपीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न सक्नेछन् । इच्छुक सेयरधनीले ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्