Skip to content

बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति ४० अर्ब नाघ्यो

nabil bank

काठमाडौ । बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति ४० अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति ४० अर्ब ७५ करोड ६० लाख रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति १७ अर्ब ४ करोड ५० लाख रुपैयाँले बढेको छ । गत आवको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा यस्तो सम्पत्ति २३ अर्ब ७१ करोड १० लाख रुपैयाँ रहेको थियो । यो अवधिमा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३४ अर्ब ८६ करोड ६० लाख रुपैयाँ पुगेको छ । जुन गतवर्ष पुस मसान्तको तुलनामा १४ अर्ब ९८ करोड ९० लाख रुपैयाँ बढी हो । गत आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको यस्तो सम्पत्ति १९ अर्ब ८७ करोड ७० लाख रुपैयाँ थियो ।

त्यस्तै विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति चालु आर्थिक वर्षको पुुससम्म ३ अर्ब ६० करोड २० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको भन्दा विकास बैंकको यस्तो सम्पत्ति १ अर्ब ८ करोड ५० लाख रुपैयाँले बढेको छ । गत आवको सोही अवधिमासम्ममा विकास बैंकको यस्तो सम्पत्ति २ अर्ब ५१ करोड ७० लाख रुपैयाँ थियो ।

यो अवधिमा फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति पनि ९७ करोड रुपैयाँले बढेर २ अर्ब २८ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुको यस्तो सम्पत्ति १ अर्ब ३१ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime