Skip to content

सेयर बजारमा ७ अंकको गिरावट, कारोबार रकम ७ अर्बमा ९२ करोड

nabil bank

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक ७ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक  ७ दशमलव २६ अंकले घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २६७८ दशमलव ४७ विन्दुमा पुगेको छ । अघिल्लो दिन सेयर बजार सामान्य अंकले बढेर बन्द भएको थियो । आजको सेयर बजार बन्द हुँदा सेयर ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५२ अंकले घटेर ४४९ दशमलव ८८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० उपसूचको परिसूचक घटेको छ भने ३ वटाको मात्रै बढेको छ ।

परिसूचक एकल अंकले घटेको दिन सेयर बजारमा ७ अर्ब ९२ करोड १३ लाख ९८२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ८ अर्बभन्दा माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३०२ कम्पनीका १ करोड ५८ लाख ७५ हजार १५२कित्ता सेयर ७८ हजार ८३५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एक कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime