काठमाडौं । बिहीबार सेयर बजार ७ अंकले घट्दा ४ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज सेयर बजार बन्द हुँदा मातृभूमि लघुवित्त, कुमारी सफल योजना, गार्डियन माइक्रो लाइफ र पोखरा फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा मातृभूमि लघुवित्तको सेयर मूल्यमा १२८ रुपैयाँले बढेर १ हजार ४०८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज कुमारी सफल योजनाको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ०.८८ रुपैयाँले बढेर ९ रुपैयाँ ६८ पैसा पुगेको छ ।
त्यस्तै आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य पनि ४४ रुपैयाँले बढेर ४८४ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । पोखरा फाइनान्सको सेयर मूल्य पनि आज ४० रुपैयाँ २० पैसाले बढेर ४४२ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो ।
आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा बाराही हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयर मूल्य ७६ रुपैयाँले बढेर १ हजार १९९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.७७ प्रतिशतले धेरै हो ।






प्रतिक्रिया दिनुहोस्