Skip to content

एनआईसी एसिया बैंकको लिलामसम्बन्धी जानकारी ‘लिलाम बिक्री अनलाइन पोर्टल’मा उपलब्ध

nabil bank

काठमाडौं । एनआईसी एसिया बैंकले सार्वजनिक गरेको लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टलमा बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी पाइनेछ ।

उक्त बैंकले बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले यो अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण किसिमका सूचनाको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसका लागि ग्राहकले लिलाम–बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिको कित्ता नम्बर तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं सो सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेजसमेत पठाउन सकिने व्यवस्था बैंकले गरेको जनाएको छ ।

बैंकले सञ्चालनमा ल्याएको सो अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्ति र लिलाम बिक्रीसम्बन्धी अन्य सूचना प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकले अनलाइन पोर्टलको लिंकबाटै विस्तृत विवरणको जानकारी लिई लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime