Skip to content

न्यादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । समग्र बजार बढीरहेको समयमा पनि यो कम्पनीमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ७८ रुपैयाँ १० पैसाले घटेर ७०३ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र बजार परिसूक भने ७ दशमलव ८३ अंकले बढेर २६८६ दमलव ३० विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब ४७ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime