काठमाडौं । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ५५ अंकले घटेर बन्द भएको हो ।
यो सेसेनको कारोबार पछि नेप्से परिसूचक २६७६ दशमलव ९१ विन्दुमा पुगेको छ । आजको उक्त सेसेनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४५ अंकले घटेर ४४९ दशमलव ४२ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा सेयर बजारमा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । ७ कम्पनीको भने स्थिर रहेको छ । उक्त सेसनमा ६७ कम्पनीका २५ हजार ५९४ कित्ता १४८ पटक खरिद बिक्री हुँदा २ करोड ४४ लाख ४३ हजार ४१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्