काठमाडौं । जीआई सोलारले आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।
जस अनुसार कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ जारीका लागि अनुमति माग गरेको छ । कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति मागेको छ । धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६३ हजार ३६० रुपैयाँबराबरको आईपीओ जारी गर्ने छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट रहेको छ ।
प्रतिक्रिया दिनुहोस्