Skip to content

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा फागुन २७ गते

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिबो बैठक आफ्नो ३१ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको हो ।

सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ । सभाले आर्थिक वर्ष २०८/०८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको कुल ८.७ प्रतिशतले हुने आउने २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ ।

Hyundai

त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन १५ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्