काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा लगातार रुपमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ । यो कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको हो ।
अघिल्लो आइतबार देखि दोस्रो बजारमा कारोबार खुलेको यो कम्पनीको सेयर मूल्यमा त्यस पछि हरेक दिन सर्किट लागेर कारोबार भयरहेको छ । आज यो कम्पनीको सयेर मूल्य ४८ रुपैयाँ ४० पैसाले बढेर ५३३ रुपैयाँ पुगेको छ । यो अघिल्लो बिहीबारको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।
यो अवस्थामा समग्र बजार परिसूचक पनि ५ दशमलव ८९ अंकले बढेर २६८४ दशमलव ३७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ९१ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्